+
+

बेन्जामाको दुई गोलमा रियल मड्रिड विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १८ गते ७:२४

काठमाडौं । करिम बेन्जामाको दुई गोलमा रियलले मड्रिडले युरोपियन च्याम्पियन्स लिगमा साख्तर डोनेस्कलाई पराजित गरेको छ ।

गएराती भएको समूह डी को खेलमा रियलले डोनेस्कलाई २-१ ले पराजित गरेको हो । समूहमा रियलको यो तेस्रो जित हो ।

घरेलु मैदानमा भएको खेलमा बेन्जामाले १४औं र ६१औं मिनेटमा गवल गरेका थिए । साख्तरका लागि पर्नान्डोले एक गोल गरे ।

जितपछि ४ खेलबाट ९ अंक जोडेर रियल शीर्ष स्थानमा छ । साख्तर डोनेस्क एक अंकसहित पुछारमा छ ।

यसै समूहको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले एफसी सेरिफलाई ३-१ ले पराजित गरेको छ ।

इन्टरका लागि मार्को ब्रोजोभिक, मिलान स्करिनर र एलेक्स सान्चेजले गोल गरे । सेरिफका एडामा  ट्राओरले एक गोल फर्काए ।

जितपछि चार खेलबाट ७ अंक जोड्दै इन्टर दोस्रो स्थानमा उक्लेको छ । समान खेलबाट ६ अंकसहित सेरिफ तेस्रो स्थानमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?