+
+

ललितपुरमा आगलागी, एकै परिवारका ४ जनाको मृत्यु

मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्रकार छन् । प्रहरी र स्थानीयले पाँच जनाको उद्दार गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १९ गते २१:५८

१९ कात्तिक, काठमाडौं । पाटनको मंगलबजारमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले अनलाइनखबरसँग पुष्टि गरे ।

मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकार छन् । प्रहरी र स्थानीयले पाँच जनाको उद्दार गरेका छन् । दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको एआईजी पालले बताए ।

ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार घरको तेस्रो तलामा दियोबाट आगो सल्किएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । आगो बढ्दै गएर भान्छामा रहेको ग्यास सिलिण्डरसमेत पड्किएको हुनसक्ने उनले बताइन् ।

‘मृत्यु हुनेमध्ये केही निसास्सिएको पनि हुनसक्ने देखिन्छ’ उनले अनलाइनखबरसँग भनिन्, ‘विस्तृत अनुसन्धान जारी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?