+
+

बायर्नको लिगा गोल १०० पुग्यो, लेभान्डोस्कीले क्लब र देशका लागि गरे वर्षको ६०औं गोल

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २१ गते ८:३२

२१ कात्तिक, काठमाडौं । रोबर्टो लेभान्डोस्कीले २०२१ को ६०औं गोल गर्दा बायर्न म्युनिख एउटै क्यालेण्डर वर्षमा १०० बुन्डेजलिगा गोल गर्ने दोस्रो टिम बनेको छ ।
शनिबार घरेलु मैदानमा भएको खेलमा बायर्नले फ्राइबर्गलाई २-१गोल अन्तरले हराएको छ ।

खेलमा बायर्नले लिओन गारेस्काको गोलबाट अग्रता लिएको थियो । थोमस मुलरले निस्वार्थी भाव देखाउँदे गारेस्कालाई गोल पास दिएका थिए, जसमा उनी चुकेनन् । खेलको ७५औं मिनेटमा लेभान्डोस्कीले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

तेस्रो स्थानमा रहेको फ्राइबर्गका लागि यानिकले इन्जुरी टाइममा गोल गरे पनि हार टार्न सकेनन् ।

२८ अंकका साथ लिगको शीर्ष स्थानमा रहेको बायर्नले विन्टर ब्रेक अगाडि ६ खेल खेल्न बाँकी छ । तर सन् १९७७ मा कुलोइनले बनाएको बुन्डेजलिगाको १०१ गोलको रेकर्ड भेट्टाउन अब एक गोल मात्र चाहिएको छ ।

साथै लेभान्डोस्कीले बार्यन म्युनिख र पोल्याण्डका लागि २०२१ मा आफ्नो गोल संख्या ६० पुर्‍याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?