+
+

टी-२० विश्वकप : न्युजिल्याण्डलाई जित पर्याप्त, भारतको भाग्य अफगानिस्तानको हातमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २१ गते ८:४७

२१ कात्तिक, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ चरणको अन्तिम तीनमध्ये दुई खेल आज हुँदैछ । जसबाट सेमिफाइनल पुग्ने अन्तिम एक टोलीको टुङ्गो पनि आजै लाग्नेछ ।

सुपर १२ को ग्रुप २ मा आज भारत र नामिबिया तथा न्युजिल्याण्ड र अफगानिस्तानबीच खेल हुँदैछ ।

यस समूहबाट लगातार चार खेल जित्दै पाकिस्तानले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । पाकिस्तानले सोमबार स्कटल्याण्डसँग अन्तिम खेल खेल्नेछ ।

त्यसअघि आज हुने दुई खेल प्रतिक्षित बनेको छ । दिउँसो हुने पहिलो खेलमा न्युजिल्याण्ड र अफगानिस्तान भिड्दैछन् । यस खेल न्युजिल्याण्डले जितेमा सिधैं सेमिफाइनलमा स्थान बनाउनेछ भने भारत अन्तिम खेलअघि नै बाहिरिनेछ ।

यदि अफगानिस्तानले न्युजिल्याण्डलाई हराएमा भारतको सम्भावना जिवित रहनेछ । त्यस्तो अवस्थामा भारतले नामिबियालाई फराकिलो अन्तरले हराउनुपर्नेछ । सुरुआती दुई खेलमा पाकिस्तान र न्युजिल्याण्डसँग पराजित भएको भारतले अफगानिस्तान र स्कटल्याण्डलाई हराएको थियो ।

न्युजिल्याण्ड चार खेलबाट ६ अंकसहित समूह दुईको दोस्रो स्थानमा छ । चा/चार अंक रहेका भारत र अफगानिस्तान क्रमश: तेस्रो र चौथो स्थानमा छन् । दुई अंक रहेको नामिबिया र अंकविहीन स्कटल्याण्ड भने बाहिरिसकेको छ ।

समूह एकबाट इंग्ल्याण्ड र अष्ट्रेलिया क्रमश : समूह विजेता र उपविजेता बन्दै सेमिफमाइनल पुगिसकेका छन् ।

सेमिफाइनल खेल नोभेम्बर १० र ११ मा हुनेछ भने फाइनल खेल नोभेम्बर १४ मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?