
२२ कात्तिक, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवको जिम्मेवारी पाएका विष्णुराज ढकालले सोमबार पदवहाली गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप परिसरमा रहेको कार्यकक्षमा सदस्यसचिव ढकालले पदवहाली गरेका हुन् ।
कात्तिक १६ गतेको युवा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयबाट उनलाई अर्को व्यवस्था नभएसम्म राखेपको सदस्यसचिवको रुपमा कामकाज गर्ने जिम्मेवारी दिइएको थियो । ढकाल युवा तथा खेलकुद मन्त्रालयका सहसचिव हुन् ।
पदवहालीपछि सदस्यसचिव ढकालले नवौं राष्ट्रिय खेलकुद र आर्थिक वर्ष २०७८/७९ का महत्वपूर्ण कार्यक्रम आफ्नो प्राथमिकता रहेको बताए ।
पदवहालीअघि सदस्यसचिव ढकाललाई राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसुदन बस्नेत, शाखा प्रमुख, कर्मचारीलगायतले स्वागत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4