+
+

अध्यक्षमा उठ्ने भीम रावलको संकेत

‘हार्ने जित्ने कुराको चिन्तै नगर्नुहोस्’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते २१:०७

२३ कात्तिक, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने संकेत गरेका छन् । मंगलबार गृह जिल्ला अछाम पुगेका रावलले पार्टी एकता जोगाउन दशौं महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी दिने बताए ।

साँफेबगर नगर कमिटीको बैठकमा रावलले भने, ‘तपाईंहरु जेमा उठ् भन्नु हुन्छ, त्यसैमा उठ्छु । यदि तपाईंहरुको पनि यहाँ केही छ भने भनिहाल्नुहोस् ।’ फ्लोरबाट आवाज आयो, ‘अध्यक्षमा ।’

यसपछि रावलले भने, ‘प्रस्तावै रहेछ । म यो आवाजलाई कमजोर हुन दिन्नँ ।’ उपाध्यक्ष रावलले हार्ने जित्नेको चिन्ता नगर्न पनि आग्रह गरे । ‘यो दशौं राष्ट्रिय महाधिवेशनमा तपाईंहरुको स्वाभिमान, भावनालाई झण्डा चाहिँ बलियो गरी समात्छु । हार्ने जित्ने कुराको चिन्तै नगर्नुहोस्’, उनले भने ।

चुनावमा हारजित भइरहने उनको भनाइ थियो । ‘नहार्ने कोे छ ? केपी ओलीजी हारेको थिएन, हारेको थियो । केपी ओलीसँग एउटै प्यानलमा थिएँ, उहाँ अध्यक्षमा हार्नुभयो, म उपाध्यक्षमा’ उनले उदाहरण दिए, ‘केपी ओली झापामा हार्नुभएको छैन ? म संविधानसभामा हारेको हो । माधव नेपालले हारेको छैन काठमाडौंमा ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?