+
+

‘प्रकाश’को पर्खाइमा प्रदीप

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते ११:५२

नायक प्रदीप खड्का वैशाखको पहिलो सातापछि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । चलचित्र ‘प्रकाश’को छायांकन सकेर आएपछि प्रदीप गुपचुप नै छन् ।

प्रदीप रिजर्भ बस्न चाहिरहेका छन् । सामाजिक सञ्जालमा पनि उनको उपस्थिति पातलो देखिन्छ ।

प्रदीपले अभिनय गरेको चलचित्र ‘प्रकाश’ पोष्ट प्रोडक्सनमा छ । यो चलचित्रमा प्रदीप एक विकट गाउँको युवाको भूमिकामा देखिएका छन् । नेपाली चलचित्रमा लभर ब्वाइको भूमिकामा देखिँदै आएका प्रदीप यसपटक फरक खालको गेटअपमा छन् । यसैले पनि उनी मिडियादेखि टाढा भएको हुनसक्छ ।

दिनेश राउतको निर्देशनमा बनेको यो चलचित्रको प्रदर्शन मिति तय भएको छैन । तर, वैशाखको दोस्रो साताबाट चलचित्रलाई रिलिज गर्ने तयारीमा यसको निर्माणपक्ष रहेको चर्चा चलेको छ । यस विषयमा यसका मेकरले केही पनि बताएका छैनन् । प्रदीप अभिनित अर्को चलचित्र ‘प्रेमगीत ३’ पनि प्रदर्शनको पर्खाइमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?