+
+

विक्की-कट्रिनाको विवाहका लागि सलमानले रोके ‘टाइगर ३’को सुटिङ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १४:०७

पछिल्लो समय ‘स्टार कपल’ विक्की कौशल र कटरिना कैफको विवाहको चर्चाले बलिउड तातेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार विक्की र कटरिनाले धुमाधामसँग विवाहको तयारी गरिरहेका छन् । डिसेम्बरमा विवाह गर्न लागेको यो जोडीले राजस्थानको एक प्यालेस बुक गरेको जनाइएको छ । विवाहको तयारीमा व्यस्त विक्की र कटरिनाले अहिले कामबाट ब्रेक लिएका छन् ।

यसैबीच बलिउड सुपस्टार सलमान खानले पनि विक्की र कटरिनाको विवाहलाई मध्यनजर गर्दै आफ्नो आगामी चलचित्र ‘टाइगर ३’को छायाँकन स्थगित गरेका छन् । उक्त चलचित्रमा कटरिनाले सलमानको अपोजिटमा अभिनय गर्दैछिन् । सलमानले ‘टाइगर ३’को छायाँकन जनवरीका लागि ‘रि-सेड्युल’ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?