+
+
Shares

कैलालीमा युवकको हत्या आरोपमा पक्राउ परेका ८ जना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते ८:५८

२५ कात्तिक, धनगढी । कैलालीमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

मंगलबार राति टीकापुर नगरपालिका–१ मा खुकुरी प्रहार गरेर लम्कीचुहा नगरपालिकाका २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या गरेको आरोपमा पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देबकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल, २२ वर्षीय कपिल श्रेष्ठ, टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आले रहेका छन् ।

घटनास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको कालो रङको स्कुटर र हत्या गर्न प्रयोग भएको खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हत्यामा संलग्न केही व्यक्तिहरु फरार रहेकाले उनीहरुको खोजी जारी राखिएको छ ।

मंगलबार राति हत्या गरिएका बडुवालको बुधबार परिवारले शव बुझेर अन्त्येष्टि गरेका छन् । हत्याको विरोधमा बुधबार दिनभर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?