+
+

राजेश हमालको नयाँ प्रयोग कति सफल ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १४:३८
फाइल तस्वीर

पहिलेदेखि नै गीत गाउने रहर भएपनि अभिनेता राजेश हमालले त्यसलाई पूरा गर्न पाएका थिएनन् । तर आफ्नो उमेर ६० वर्षतिर लम्किँदै जाँदा भने हमालले पहिलोपटक आफ्नै स्वरमा गीत रेकर्ड गराउने अवसर पाए ।

हमालको स्वरमा रहेको ‘मन बुढो भएन’ बोलको गीत एक साताअघि सार्वजनिक भयो । यो गीत सार्वजनिक कार्यक्रममा हमालले भनेका थिए, ‘म नयाँ प्रयोग गर्न चाहने मानिस हुँ । अझ कलाकार भइसकेपछि जीवनको यात्रामा उत्पादनशील भइरहनुपर्छ । के–के गर्न सकिन्छ गर्नुपर्छ ।’

हमालले नयाँ प्रयोग गर्न आफू नडराउने बताइरहँदा चलचित्र क्षेत्रमा भने उनलाई एउटै ढर्रामा हिँड्ने गरेको आरोप लाग्ने गरेको छ । राजेश हमालले आफ्नो लामो करिअरमा एउटै शैलीका चलचित्र खेलेको, चलचित्रमा नयाँ प्रयोग नै नगरेको आरोप लाग्ने गर्दछ ।

हमालले स्वर भरेको यो गीतलाई एक सातामा ६ लाख ३० हजारले हेरेका छन् । उनको क्रेजअनुसार युट्युबमा देखिएको भ्युज कम हो ।

हमालले एउटै शैलीको चलचित्र खेलेको आरोप लागिरहँदा नयाँ प्रयोग भन्दै ‘शकुन्तला’ नामक चलचित्रमा तेस्रो लिङ्गीको भूमिकामा अभिनय गरे । तर, बक्स अफिसमा यो चलचित्र असफल भयो ।

चलचित्र ‘बागमती’को कथा नयाँ भन्दै उनले त्यसमा पनि काम गरे । तर, उनको यो प्रयोग पनि सफल हुन सकेन ।

चलचित्र क्षेत्रमा प्रवेश गरेदेखि नै राजेश हमालको चर्चा सेलाएको छैन भने उनीप्रतिको आकर्षण पनि घटेको छैन । उनी कुनै न कुनै रुपमा दर्शकमाझ छाइरहेका छन् । यस अर्थमा, उनकै भाषामा उनी उत्पादनशील भने हुन् । तर, राजेशको नयाँ प्रयोगलाई दर्शकले भने पूर्ण रुपमा स्वीकारेको पाइँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?