+
+

रामाज्ञा चतुर्वेदीको परिवार भन्छ – उहाँले आत्महत्या गर्नुभएको होइन, दुर्घटना हो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते २०:४६
घटना भएको घर । अनलाइनखबर फाइल ।

२५ कात्तिक, काठमाडौं । नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीले आत्महत्या गरेको नभइ, दुर्घटनामा मृत्यु भएको परिवारले जनाएको छ । उनी श्रीमती आशाले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय होटल व्यवसाय गरिरहेका श्रीमान एक निर्माणाधीन होटलमा जाँदा दुर्घटनावश लडेको बताएकी हुन् ।

विज्ञप्तिमा निर्माणाधीन होटलको सात तले भवनको चार तल्लाबाट रिंगटा लागेर रामाज्ञा अचेत भइ लडेको भनिएको छ ।

‘दुर्घटना हुनुभन्दा अघिल्लो दिन अर्थात असोज २० गते कमजोरी महशुस भइ रिंगटा लागेर ओम हस्पिटल एण्ड रिसर्च सेन्टर चावहलिमा उपचारको क्रममा ल्याव परीक्षण गर्दा उहाँमा सोडियमको कमी र अत्याधिक मधुमेह, उच्च रक्तचाप देखिएको थियो’ विज्ञप्तिमा भनिएको छ, ‘सो दुर्घटना हुनुभन्दा ३ हप्ता अघि तिलगंगा आँखा अस्पतालमा मोतिविन्दुको पनि शल्यक्रिया समेत गर्नु भएको थियो ।’

प्रहरीको प्रारम्भीक अनुसन्धान, सिसी टिभी, विधि विज्ञान परीक्षण प्रतिवेदन लगायतको प्रमाण हेर्दा श्रीमान् रामाज्ञाले आत्महत्या गरेको नभई रिंगटा लागेर अचेत भइ लडेको देखिएको उनले भनेकी छन् । उनी होटल तपस तथा होटल रामानमका अध्यक्ष रहेको उनको भनाइ छ ।

रामाज्ञाका ज्वाईँ सम्राट बुढाथोकीले परिवारसँग विना सोधपुछ र गम्भिर छानविनविनै आत्महत्या गर्ने भन्ने आशयको समाचार आएकाले परिवार मर्माहत भएको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘पहिले हामी पनि शोकमा भएकाले गम्भिरतापूर्वक हेर्न पाएनौं, अहिले निर्माणाधीन होटल भवनको सँगै रहेको सिसी टिभी हेर्दा त्यो भवनमा करिव ५० मिनेट अवलोकन गर्ने क्रममा झ्याल तर्फको पर्खाल नभएको सो भवनको चार तल्लामा सिंगटा लागेर अचेत भइ आकाश तर्फ फर्केर खस्नु भएको देखिन्छ ।’

चतुर्वेदी २१ असोज २०७८ मा मृत भेटिएका थिए । त्यतिवेला काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले मर्निङ वाकबाट फर्किएका उनी सिधैँ निर्माणाधीन भवनमा चढेर हाम फालेको हुनसक्ने प्रारम्भीक अनुसन्धानमा देखिएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?