+
+
Shares

जबरालाई दाहालको आग्रह : राजीनामा वा पदच्यूत एक रोज्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १२:२६

२६ कात्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिने कि पदच्यूत पर्खिने भनेर रोज्नुपर्ने बताएका छन् ।

नेपाल बार एशोसिएसनको आह्वानमा सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएका कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै दाहालले भने, ‘समय वित्दै गर्दा पदच्यूतको बाटोमा जानु पर्ने हुन्छ ।’

समय अझै घर्किनसकेको भन्दै उनले तत्काल राजीनामा दिन आग्रह गरे । बारको लक्ष्य प्रष्ट रहेको भन्दै उनले त्यो पूरा नहुँदासम्म सर्वोच्चको मूल गेटमा धर्ना जारी राख्न समेत सुझाव दिए ।

बार एशोसिएसनका पूर्वअध्यक्ष समेत रहेका दाहालले अब राजनीतिक दलहरु पनि चुप बस्न नसक्ने बताए । दलहरुले मौनता नतोडे आफूहरुको आन्दोलन सरकार र दलहरुको अकर्मन्यतातिर पनि केन्द्रित हुने दाहालको चेतावनी छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?