+
+

‘हिन्दू धर्म र हिन्दुत्व फरक कुरा हुन्’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते १८:४५

२६ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले हिन्दू धर्म र हिन्दुत्वबीच भिन्नता भएको बताएका छन् ।

शुक्रबार भिडियो कन्फेरेन्समार्फत् ‘जन जागरण अभियान’ तालिम कार्यक्रमलाई सम्बोधन गर्दै राहुल गान्धीले हिन्दू धर्म र हिन्दुत्व फरक कुरा भएको बताएका हुन् ।

‘हिन्दू धर्म र हिन्दुत्वबीच के फरक छ ? यी दुबै समान हुन् त ? यदि समान हुन् भने किन एउटै नाम छैन ?’, गान्धीलाई उदृत गर्दै एएनआईले लेखेको छ, ‘यी दुबै निकै फरक कुरा हुन् । हिन्दू धर्म भनेको शिख वा मुस्लिममाथिको आक्रमण हो ? होइन, तर हिन्दुत्व भने अवश्य हो ।’

त्यस्तै, गान्धीले जनतामाझ सशक्त भएर फैलाउन नसक्दा र आरएसएसको घृणायुक्त विचारधाराका कारण कांग्रेसको विचारधारा ओझेलमा परेको समेत बताए ।

‘हामीलाई यो कुरा मन नपर्न सक्छ तर कांग्रेसको प्रेमपूर्ण, ममतापूर्ण र राष्ट्रवादी विचारधारालाई घृणायुक्त आरएसएस र भाजपाको विचारधाराले ओझेलमा पारेको छ र यसलाई हामीले स्वीकार्नु पर्छ’, गान्धीले भने, ‘हाम्रो विचारधारा जीवन्त र गतिशील भए पनि ओझेलमा परेको छ ।’

अनुभवी कांग्रेस नेता सलमान खुर्शिदद्वारा लिखित ‘सनराइज ओरभ अयोध्या: नेशनहुड इन आओर टाइम्स’ पुस्तकका कारण उत्पन्न विवादबीच गान्धीले हिन्दूत्व र हिन्दू धर्म फरक भएको बताएका छन् ।

रिपोर्ट अनुसार खुर्शिदले बुधबार सार्वजनिक भएको आफ्नो किताबमा हिन्दुत्वलाई ‘आईएसआईएस र बोको हराम जस्ता आतंकवादी समूहको इस्लामिक जिहाद’सँग तुलना गरेका छन् । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले कांग्रेस पार्टीबाट खुर्शिदलाई निष्कासन गर्नुपर्ने माग गरिरहेको छ ।

बिहीबार भाजपाका प्रवक्ता गौरव भाटियाले अयोध्यासम्बन्धी खुर्शिदको किताबका कारण ‘जनताको धार्मिक भावना’माथि चोट पुगेको बताएका थिए ।

यसैबीच दिल्लीका एक वकिलले खुर्शिदविरुद्ध एफआईआर दर्ता गर्नुपर्ने भन्दै प्रहरीसमक्ष उजुरी दिएको पीटीआईले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?