+
+

केनको ह्याट्रिकमा इंग्ल्याण्ड विश्वकप नजिक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते १०:१६

काठमाडौं । कप्तान ह्यारी केनले ह्याट्रिक गरेपछि इंग्ल्याण्डले विश्वकप छनोटको खेलमा अल्वानियालाई ५-० ले पराजित गरेको छ । यस जितले इंग्ल्याण्ड कतार विश्वकपको नजिक पुगेको छ ।

इंग्लयाण्डलाई छनोट हुनका लागि अब अन्तिम खेलमा एक अंक भए पुग्छ ।

वेम्बलीमा भएको खेलमा केनले पहिलो हाफमै ह्याट्रिक गरेन क्रममा १८औं, ३३औं र पहिलो हाफको इन्जुरी टाइममा गोल गरे ।

यस्तै ह्यारी मगुइरेले नवौं र जोर्डन हेन्डरसनले २८औं मिनेटमा गोल गरे ।

जितपछि समूह आईमा इंग्ल्याण्ड ९ खेलबाट २३ अंकसहित शीर्ष स्थानमा छ ।

अर्को खेलमा पोल्याण्डले एन्डोरलाई ४-१ ले पराजित गर्दै २० अंक जोडेको छ । पोल्याण्डको जितमा रोवर्ट लेवान्डोस्कीले दुई तथा कमिल जविएक र अर्काडिउस मिलिकले एक एक गोल गरे ।

अब इंग्ल्याण्डले सानमारिनो र पोल्याण्डले हंगेरीसँग खेल्न बाँकी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?