काठमाडौं । कतार विश्वकपका लागि छनोट भइसकेको डेनमार्कले युरोपियन छनोटमा फारोइ आइल्याण्डलाई ३-१ ले पराजित गर्दै शतप्रतिशत जितलाई कायम राखेको छ ।
समूह एफ अन्तर्गत पार्केनमा भएको खेलमा डेनमार्कका लागि आन्द्रेस स्कोभ ओल्सन, ज्याकुब लार्सन र योकिम माहलेले एक एक गोल गरे । फारोई आयल्याण्डका लागि क्लानइमिन्ट ओल्सनले एक गोल फर्काए ।
छनोटमा डेनमार्कले लगातार ९ खेल जित्दै २७ अंक जोडेको छ ।
प्रतिक्रिया 4