+
+

जनकपुरको रुपैठामा भोलि रातिसम्म निषेधाज्ञा

साम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस, हुलहुज्जत भएको भन्दै स्थानीय प्रशासनले जनकपुरधाममा निषेधाज्ञा आदेश जारी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते १८:०६

२७ कात्तिक, जनकपुरधाम । साम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस, हुलहुज्जत भएको भन्दै स्थानीय प्रशासनले जनकपुरधाममा निषेधाज्ञा आदेश जारी गरेको छ ।

जनकपुरधाम उप महानगरपालिका– २० रुपैठामा शनिबार दिउँसो २ बजेदेखि आइतबार राति ११ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

रुपैठामा छठकै दिनदेखि तनाव शुरु भएको थियो । एक समूहले छठ पर्व मनाउन रोक लगाएपछि दुई पक्षबीच विवाद हुँदै आएको छ ।

उनका अनुसार पूर्वमा जलाद नदीको कल्ली बाँध, पश्चिममा जनकपुर जटही मार्गको दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्बा जाने बाटो र दक्षिणमा देबपुरा निमचौकदेखि बहुअर्बा जाने बाटोसम्म निषेधाज्ञा आदेश जारी गरिएको छ ।

उक्त ठाउँमा शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन, २०२८ अनुसार भेला, जुलुस, प्रदर्शन, घेराउ, ¥याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी निषेधाज्ञा आदेश जारी गरिएको छ । आदेश उल्लंघन गर्ने जोसुकैलाई प्रहरीले कानुन बमोजिम कार्वाही गर्न सक्ने आदेशमा जनाइएको छ ।

हेर्नुहोस् निषेधाज्ञाको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?