+
+

आयरल्याण्डलाई पछि पार्दै नेपाल टी-२० वरीयताकाे १२ औं स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २७ गते २०:३४

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) टी-२० विश्व वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लेकाे छ । शुक्रबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले टेष्ट राष्ट्र आयरल्याण्डलाई पछि पार्दै एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको हाे ।

नेपाल भन्दा अघि जिम्बावे ११ औं स्थानमा छ । एक स्थान झरेकाे आयरल्यान्ड १३ औं, स्कटल्यान्ड १४ औं, युएई १५ औं र नामिबिया १६ औं स्थानमा छ ।

विश्ववरीयतामा इंग्ल्यान्ड पहिलो, भारत दोस्रो र पाकिस्तान तेस्रो, न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं, अष्ट्रेलिया छैटौं, अफगानिस्तान सातौं, बंगलादेश आठौं, श्रीलंका नवौं र वेष्ट इन्डिज दशाैं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?