
गायक सुनिल गिरीको स्वरमा ‘हाम्रो सम्बन्ध’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुनिलकै संगीत रहेको यो गीतमा हिमांशु रायमाझीको शब्द छ ।
अष्ट्रेलियाको ब्रिसवेन, गोलकोस्ट लगायतका रमणीय स्थानमा छायांकन गरिएको यो गीतको भिडियोमा करण गुरुङ र हिलारी रावलको अभिनय हेर्न सकिन्छ ।
एक गिटारिस्टको प्रेम कथालाई प्रस्तुत गरिएको यो गीतको भिडियोलाई सुदीप बिष्टले निर्देशन गरेका हुन् । भिडियोमा बिष्टकै छायांकन तथा सम्पादन रहेको छ । भिडियोमा किरण मगरले कोरियोग्राफी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4