 
																			२८ कात्तिक, काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्सेमा झिनो अंकको गिरावट आएको छ । सूचक १.३८ अंकले घटेको बजारमा ४ अर्ब ९ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।
गत साता पनि निरन्तर ओरोलो लागेको नेप्से आइतबारको गिरावट पछि २६८८.९२ विन्दुमा आइपुगेको छ ।
आइतबार २३० कम्पनीको ७४ लाख ३४ हजार कित्ता शेयर दोस्रो बजारमा खरिद बिक्री भएका छन् । आज १०३ कम्पनीको सेयर बढ्दा ७५ वटाको मूल्य भने घटेको थियो । यस्तै ८ वटा कम्पनीको शेयर मूल्यआज घटबढ भएन ।
घट्दो बजारमा पनि आज बोटलर्स नेपाल तराईको सेयर मूल्यमा बढेर सर्किट लाग्यो भने अन्य तीन कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढ्यो ।
आज महालक्ष्मी विकास बैंक,आइसी एफसी फाइन्यान्स र नबिल बैंकको शेयर दोस्रो बजारमा धेरै कारोबार भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4