+
+

बाघको आक्रमणबाट एकको मृत्यु

रासस रासस
२०७८ कात्तिक २८ गते १६:३८
फाइल तस्वीर

२८ कात्तिक, बाँके  । बाँकेको नरैनापुर गाउँपालिकास्थित राष्ट्रिय वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नरैनापुर गाउँपालिका–४, पण्डितपुरुवाका लखन गडरिया रहेको छ । गाई चराउन वनमा गएको बेला बाघको आक्रमणमा परी उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए ।

उनका अनुसार, यही कात्तिक २५ गते गाई चराउन वनमा गएका गडरिया नफर्किएपछि प्रहरीमा दुई दिनपछि खोजतलासका लागि शनिबार घरपरिवारले निवेदन दिएका थिए । निवेदनका आधारमा वनमा खोजतलासका क्रममा गएराति गडरिया र एउटा गाई मृत भेटिएको हो ।

नरैनापुरको पर्यटकीयस्थल गोवद्र्धन धामदेखि करिब ५ किलोमिटर पूर्वपट्टी राष्ट्रिय वनमा गडरियाको शव फेला परेको थियो । शवको पिठ्यूँको भाग बाघले खाएको छ ।

घाँटी र शरीरका अन्य भागमा नङ्ग्राले कोतरेको छ । बाघले एउटा गाईसमेत मारेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, भोजभगवानपुरका प्रहरी निरीक्षक गौतमले बताए ।

बाँके निकुञ्जसँगै जोडिएको राप्तीसोनारी गाउँपालिकाको गाभर क्षेत्रमा केही महिनाअघि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएपछि बाघको त्रास फैलिएको थियो । राष्ट्रिय वनमा समेत बाघ देखिएपछि स्थानीय त्रसित भएको नरैनापुरका अगुवा सोहनलाल यादवले बताए ।

बाघको आक्रमणमा ज्यान गुमाएका गडरियाको शव परीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाइएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?