+
+

भन्सारसँग चेम्बरले भन्यो- नाकामा सामान रोकिए, सहजीकरण गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २८ गते १८:१३

२८ कात्तिक, काठमाडौं । भन्सारमा माल सामान रोकिएका कारण लामो लाइन भएको भन्दै नेपाल चेम्बर अफ कमर्सले भन्सार विभागको ध्यानाकर्षण गराएको छ । विभिन्न भन्सार कार्यालयले सरल र सहज तरिकाबाट मालवस्तुको जाँचपास नगर्दा सामानका गाडी भन्सारमा लामो ‘क्यू’मा अड्किएको चेम्बरको भनाइ छ ।

चेम्बरका कर, राजस्व तथा भन्सार समिति अध्यक्ष पर्शुराम दाहालले विभागका महानिर्देशकलाई पत्र लेख्दै यो समस्याको सहिजकरण गर्न माग गरेका छन् । भन्सार कार्यालयमा पर्याप्त कर्मचारी नहुँदा समेत समस्या देखिएको चेम्बरले जनाएको छ ।

चेम्बरले न्यून विजिकरणको समस्यालाई हतोत्सायी गर्न सरकारले लिएको नीति सहि भएपनि यसले वास्तविक आयातकर्तामा भने असर गर्न नहुने उल्लेख गरेको छ । चेम्बर अफ कमर्शले विगत देखि नै वास्तविक कारोबार मूल्यलाई मान्यता दिनुपर्ने भन्दै आएको उल्लेख गर्दै पत्रमा भन्सारको मूख्य काम व्यापार सहजिकरणमा बढी केन्दि्रत हुनुपर्ने बताएको छ ।

राजस्व संकलनको मुरुदण्ड भने मूल्यअभिवृद्धि कर र आयकरलाई बनाउन समेत चेम्बरले भनेको छ । भन्सारले व्यापारिको सामानको मूल्यांकन गर्दा कारोबार मूल्यलाई मान्यता दिन र न्यूनविजीकरणको शंका लागेमा भन्सार विन्दुमै त्यस्ता सामान खरीद गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

यसको साटो सामान जाँचपास पछि अन्य नियामक निकायले निगरानी गर्ने व्यवस्था मिलाउन समेत चेम्बरले विभागका महानिर्देशकलाई देखेको पत्रमा उल्लेख छ ।

भन्सार प्रयोजनका लागि कारोबार मूल्य निर्धारण गर्दा जीएटीटी भ्यालुएशनको मार्ग निर्देशन अनुसार पेश गरेको कागजातलाई मान्यता दिन भनिएको छ । एमआरपी पि्रन्ट भई प्रठारी आएको हकमा एमआरपीको न्यूनतम प्रतिशत तोकिनु अवैज्ञानिक हुने भन्दै सो व्यवस्थाको खारेजीको समेत माग गरिएको छ । भन्सार एजेन्टको संख्या आवश्यकता अनुसार बढाउन र सबै भन्सार कार्यालयमा भुक्तानी गर्न अनलाइन पेमेन्टको व्यवस्थाको समेत माग चेम्बरले गरेको छ ।

चोरी पैठारी र गैरकानूनी कारोबार गर्नेलाई कडा कारवाही गरि भन्सार छली हुने वस्तुको पहिचान गर्न समेत भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?