
२९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालत परिसर बाहिर प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराका समर्थकहरुले प्रदर्शन गरेका छन् । उनीहरुले कानुन व्यवसायीहरुको जारी आन्दोलनका कारण न्याय निरुपणको काम अवरुद्ध भएको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सोमबार पनि कानुन व्यवसायीहरु प्रदर्शनको तयारीमा छन् । प्रदर्शनलाई लक्षित गरी सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नेपाल बार एशोसिएसनतर्फको गेटबाट सर्वोच्च परिसरभित्र प्रवेश गरी कानुन व्यवसायीहरुले आइतबार पनि प्रदर्शन गरेका थिए । उनीहरुले गर्ने प्रदर्शनस्थल सोमबार भने प्रहरीको नियन्त्रणमा छ ।
नेपाल बारको अगुवाइमा आन्दोलनरत कानुन व्यवसायीहरुले भने आफूहरुको आन्दोलन बिथोल्न प्रधानन्यायाधीश जबराको निर्देशनमा ‘भिजिलान्ते’हरु प्रयोग गरिएको आरोप लगाउँदै आएका छन् ।
प्रतिक्रिया 4