+
+

‘सत्यम्’ चक्र : मलिकाले छाडेपछि फेरि उपासनाको ‘इन्ट्री’

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते ११:३७

अभिनेता राजेश हमालले कमब्याक गर्न लागेको चलचित्र ‘सत्यम्’ विभिन्न उल्झनमा फसिरहेको छ । कहिले कोरोनाका कारण छायांकन शुरु हुन नसक्नु, कहिले कलाकार फेरिनुजस्ता समस्या यो चलचित्रले भोगिरहेको छ ।

महँगो बजेटमा बन्न लागेको यो चलचित्रले छायांकन अगावै समस्या नै समस्या भोगिरहेको छ । तर, यसको निर्माणपक्षले समस्या समाधान गर्दै काम अगाडि बढाइरहेको छ ।

‘सत्यम्’ फेरि एकपटक नायिका हेरफेरका कारण चर्चामा छ । शुरुमा यो चलचित्रमा नायिका उपासना सिंह ठकुरीले काम गर्ने पक्का भएको थियो । तर, उपासनाले पढाइको कारण देखाउँदै चलचित्रमा काम गरिनन् । उपासनाले काम नगरेपछि यसको निर्माणपक्षले नायिका मलिका महतसँग सम्झौता गर्‍यो । मलिका चलचित्रको वर्कसपमा पनि सहभागी भइन् । तर, वर्कसपमा सहभागी भइरहेको समयमा नै मलिकाले चलचित्र छाड्ने निर्णय गरिन् । निर्माणपक्षले दिएको जानकारी अनुसार मलिकाले अध्ययनका कारण चलचित्र छाडेकी हुन् ।

मलिका बाहिरिएपछि निर्माणपक्षले फेरि नायिका उपासना सिंह ठकुरीलाई नै चलचित्रमा काम गर्न राजी गरेको छ । अब चाँडै नै चलचित्रको छायांकन शुरु हुने निर्देशक शंकर कार्कीले जानकारी दिए ।

रेशम सापकोटाको निर्माण गर्ने यो चलचित्रमा राजेश हमाल, अनुपविक्रम शाही, उपासना सिंह ठकुरी, पल शाह, नीलम चन्द लगायतका कलाकारको अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?