+
+
Shares

कांग्रेस कास्की जिल्ला सचिवमा सिरोजको उम्मेदवारी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते ११:४५

२९ कात्तिक, पोखरा । नेपाली कांग्रेसका युवा नेता सिरोजविजय कोइरालाले पार्टीको आसन्न महाधिवेशनमा कास्कीको जिल्ला सचिवमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेता कोइरालाले पारिवारिक पृष्ठभूमि कांग्रेस भए पनि पार्टीलाई शुद्धीकरण गर्न उम्मेदवारी दिएको बताए । ‘लामो इतिहास बोकेको नेपाली कांग्रेस पनि सुध्रिन जरुरी छ । परिवर्तन आउन जरुरी छ । युवाले चाहेको जस्तो देशमा परिवर्तन ल्याउन सम्भव छ भनेर देखाउन नै मेरो उम्मेदवारी हो,’ उनले भने ।

कोइरालाले अहिलेका राजनीतिज्ञले युवामा वितृष्णा पैदा गरेको आरोप लगाउँदै गुम्दै गएको कांग्रेसको विरासत बचाउन आवश्यक रहेको सुनाए । उनले ४६ सालदेखि हालसम्म आइपुग्दा नेपाली कांग्रेस कठिन मोडमा गुज्रिरहेको समीक्षा गरे ।

‘अब पार्टी पुरानो, शैली, पद्धति, ढर्राले चल्दैन । यो पुरानो ढर्रालाई नयाँ तरिकाले परिवर्तन गर्दै लैजानुपर्ने आजको आवश्यकता हो,’ नेता कोइरालाले भने, ‘मेरो उम्मेदवारी कांग्रेसभित्र राजनीति गर्न होइन, पार्टी कार्यालयको गेटबाहिरै रहेर काम गर्छु ।’

अझै पनि कांग्रेसले आत्मसमीक्षा नगर्ने र कार्यकर्तालाई संरक्षण गर्न नसक्ने हो भने कांग्रेस सकिने नेता कोइरालाले बताए । उनले भने, ‘नयाँ नेतृत्व चयनमा विवेक नपुर्याउने हो भने, अहिलेको नेतृत्व पंक्ति कायमै रहने हो भने कांग्रेस सक्किने छ ।’

कोइरालाले ०७४ सालको स्थानीय चुनावमा पोखरा महानगरको उपप्रमुखमा स्वतन्त्र उम्मेदवारीसमेत दिएका थिए । ‘पार्टी नेतृत्वभित्र अहिले एकप्रकारको असन्तुष्टि छ । तिनै असन्तुष्टहरुको एउटा प्रतिनिधि भएर स्वतन्त्र चुनाव दिएको हुँ,’ उनले भने ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशन मंसिर १० गते हुँदैछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?