
२९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले संवादमा आउन आह्वान गरेपछि आन्दोलनरत कानून व्यवसायीहरु छलफलमा जुटेका छन् । नेपाल बार एशोसिएसन, सर्वोच्च बार एशोसिएनका पदाधिकारीहरु र बरिष्ठ अधिवक्ताहरु नेपाल बारको भवनमा छलफलमा जुटेका हुन् ।
सर्वोच्च बारका सचिव ऋषि घिमिरेले अनलाइनखबरसँग भने, ‘विज्ञप्ती आइसकेपछि औपचारिक धारणा तय गरेर हाम्रो तर्फबाट पनि विज्ञप्ती निकाल्न अहिले छलफल चलिरहेको छ ।’
सोमबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गरेका थिए । कानुन व्यवसायीको आन्दोलनले न्यायपालिकालाई मात्र नभई लोकतन्त्रको आधारलाई पनि कमजोर बनाउने जिकिर गर्दै जबराले गतिरोध अन्त्य गर्ने एकमात्र विकल्प संवाद भएको उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4