
२९ कात्तिक, काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजारमा सुधारको संकेत देखिएको छ । केही दिन यता लगातार घटिरहेको शेयर बजार सोमबार भने दोहोरो अंकले बढेको छ ।
शेयर कारोबार मापक नेप्से परिसूचक २६ दशमलव ४४ अंकले बढेर २ हजार ७ सय १५ दशमलव ३५ अंकमा पुगेको छ । शेयर कारोबार रकम भने ५ अर्ब पनि पुग्न सकेन ।
दिनभर भएका ५९ हजार ३१६ कारोबारबाट ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४४४ रुपैयाँमा रोकिएको छ ।
सोमबार सबैभन्दा धेरै विकास बैंकको शेयर मूल्य बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4