+
+

धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा झापाबाट पाँचजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १६:५७

२९ कात्तिक, झापा। प्रहरीले गौरादह नगरपालिका-५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका-५ बस्ने ३१ वर्षीय महम्मद सद्दाम, उनकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, सोही ठाउँ बस्ने २६ वर्षीय महम्मद सुलेमान, उनकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र सोही ठाउँ बस्ने ३८ वर्षीया कुर्समान खातुन रहेका छन् ।

मबेसिर हुसेन कात्तिक ११ गते बिहानदेखि हराएको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले कात्तिक २६ गते महम्मद सद्दामको घर तलासी लिनेक्रममा उनको घर बाहिर रहेको सेफ्टी ट्याङ्कीभित्र हत्या गरी कम्बलमा पोको पारेर फालिएको अवस्थामा उनको शव फेला परेको थियो ।

थप अनुसन्धानको क्रममा व्यक्तिगत रिसइबीको कारण मबेसिर हुसेनको हत्या गरेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । घटनामा प्रयोग भएको धारिलो हतियार दाउ, छुरी र घन (मार्तोल) लगायत चिजबस्तुहरु समेत प्रहरीले बरामद गरेको छ।

पक्राउ परेका उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?