+
+

प्रदेश १ मा पनि राजनीतिक संयन्त्र, कोइराला संयोजक

केन्द्रमा रामचन्द्र पौडेलको नेतृत्वमा समन्वय समिति बनेको केही दिनपछि प्रदेशमा पनि नेपाली काङ्ग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा राजनीतिक संयन्त्र बनेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते २१:१०
प्रदेश १ मा पाँच दलीय संयन्त्रको संयोजक बनेका राजीव कोइराला

२९ कात्तिक, विराटनगर । प्रदेश १ मा सत्तारुढ पाँच दलीय गठबन्धनले उच्च स्तरीय राजनीतिक संयन्त्र बनाएको छ । केन्द्रमा रामचन्द्र पौडेलको नेतृत्वमा समन्वय समिति बनेको केही दिनपछि प्रदेशमा पनि नेपाली काङ्ग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा राजनीतिक संयन्त्र बनेको हो ।

नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता तथा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार सोमबार बसेको गठबन्धनको बैठकले सर्वदलीय संयन्त्र बनाएको हो । संयन्त्रमा सरकारमा सहभागी सबै दलका संसदीय दलका नेता सदस्य छन् ।

बैठकले कांग्रेस सांसद शेखरचन्द्र थापाको नेतृत्वमा सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्ने कार्यदल पनि गठन गरेको छ । कार्यदलमा माओवादी सांसद धिरेन शर्मा, एकीकृत समाजवादीका सांसद राजन राई, जसपाबाट रामचन्द्र तुम्बा र अशोक चेम्जोङ सदस्य छन् ।

‘मुख्यमन्त्रीको पक्षमा मतदान गर्नू’

सोमबार बसेको बैठकले मुख्यमन्त्री राजेन्द्र राईको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राईले मंगलबार बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिदैछन् । सोमबार बसेको बैठकले राईको पक्षमत मतदान गर्ने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता आङ्बाका अनुसार बैठकपछि सबै दलहरुले संसदीय दल भित्र पक्षमा मतदानका लागि ह्वीप जारी गरेका छन् ।

सरकारमा सहभागी पाँच दलिय गठबन्धनमा ५० सांसद छन् । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग ४० र राप्रपासँग एक सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?