

३० कात्तिक, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग २०७८ को पहिलो र दोस्रो राउण्डको सबै खेलहरु दशर थरंगशाला हुने भएको छ ।
यसअघि कात्तिक २९ गतेबाट हुने भनिएको लिग अब मंसीर ३ देखि हुँदैछ ।
नयाँ तालिका अनुसार अखिल नेपाल फुटबल संघ एन्फाले सुरुको दुई चरणको सबै खेल त्रिपुरेश्वरस्थित दशरथरंगशाला गर्ने निर्णय गरेको छ ।
एन्फाले मंगलबार पहिलो र दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको छ ।
जसमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच मंसीर ३ गते शुक्रबार उद्घाटन खेल हुनेछ । खेल पौने ५ बजे सुरु हुनेछ ।
एन्फाले फुटबल कल्सर विकास गर्न भन्दै यस पटक फ्लड लाइटमा लिगका खेलहरु आयोजना गर्दैछ । यस्तै विकेण्डमा शुक्रबार, शनिवार, आइतबार र सोमबार गरी ४ दिन खेल हुनेछ ।
सुरुवाती दुई चरणमा एक दिन एक खेल हुनेछ भने तीन दिन दुई खेल हुनेछ । दुई खेल हुने दिन पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ ।
मंसीर ४ गते हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच १ बजे खेल हुनेछ भने पौने ५ बजे च्यासल युथ क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ ।
यस्तै मंसीर ५ गते ब्रिगेड ब्वाइज क्लब र नेपाल एपीएफ फुटबल क्लब तथा जावलाखेल युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच खेल हुनेछ ।
मंसीर ६ गते दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस तथा साविक विजेता मछिन्द्र फुटबल क्लब र एनआरटीबीच खेल हुनेछ ।
एन्फाले यस पटक टिकट मूल्य कम गर्दै साधारण प्यारापीततर्फ एक सय राखेको छ भने भिआईपी प्यारापीटतर्फ ५ सय रहेको छ ।
यस्तै लिगका खेलहरु च्यासल फुटबल मैदानमा पनि गर्ने तयारी एन्फाले गरेको छ । साथै पहिलो पटक काठमाडौं बाहिर पोखरामा पनि लिगका खेलहरु गर्ने एन्फाको योजना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित