+
+
Shares

गण्डकीमा कसैले लिएनन् शिक्षित युवा स्वरोजगार कर्जा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १०:५२

३० कात्तिक, काठमाडौं । युवाहरुलाई स्वरोजगार बनाउने भन्दै घोषणा गरिएको युवा वर्ग स्वरोजगार कर्जामा गण्डकी प्रदेशमा एकजनाले पनि नलिएको तथ्यांक सार्वजनिक भएको छ । सरकारले सहुलियत दरमा उपलब्ध गराउने भनेको योसहित तीन शीर्षकमा कर्जा लिनेको संख्या प्रदेश भरी एक जना पनि नरहेको अध्ययन प्रतिवेदनले देखाएको छ ।

गण्डकी प्रदेशमा केन्द्रीत रहेर राष्ट्र बैंकले हालसालै अध्ययन गरेर नयाँ रिपोर्ट तयार पारेको छ । केन्द्रीय बैंकले तयार पारेको रिपोर्ट अनुसार गण्डकी प्रदेशमा गत असार मसान्तसम्ममा २५ अर्ब ८ करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

प्रवाहित कर्जा मध्ये सबैभन्दा धेरै व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ५२.६ प्रतिशत र महिला उद्यमशील कर्जा ४६.७ प्रतिशत रहेको छ । २०७८ असार मसान्तमा गण्डकी प्रदेशमा यस्तो कर्जा लिने ऋणीको संख्या १८ हजार ३७१ पुगेको छ । यसबाट व्यवसायिक कृषि तथा पशुपालन क्षेत्र र महिला उद्यमी/व्यवसायीहरुलाई प्रत्यक्ष लाभ पुगेको देखिन्छ ।

तर तीन कपडा उद्योग सञ्चालन गर्न, प्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिम र युवा स्वरोजगार कर्जा हालसम्म एक जनाले पनि नदिएको अध्ययन प्रतिवेदनले देखाएको छ ।

सहुलियत कर्जा योजना सरकारले ल्याएको निकै लोकप्रीय कार्यक्रम हो । विभिन्न १० शीर्षकमा सहुलियत ऋण दिन सरकारले सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ लागु गरेको थियो । यसलाई तेस्रो पटक संशोधन गर्दै केही सहज समेत बनाइएको छ । तर सहुलियत ऋण लिनेको संख्या अत्यन्तै कम देखिएको छ ।

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने व्यवस्थासमेत रहेकोमा यो शिर्षकमा भने जम्मा १५ जनाले ऋण लिएको प्रतिवेदनमा उल्लेख छ ।स्नातक वा सो भन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्‍त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याज दरमा २५ लाखसम्म सहुलियतपूर्ण कर्जा उपलव्ध हुने चालु आर्थिक वर्षको बजेटमा उल्लेख छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?