

१ मंसिर, काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना पाँच खेल खेल्न बाँकी हुँदै आगामी वर्ष कतारमा हुने फिफा विश्वकपका लागि छनोट भएको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलसँग गोलरहित बराबरी खेले पनि अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको हो ।
यस्तै अन्य खेलमा बोलिभियाले उरुग्वेलाई तथा इक्वेडरले चिलीलाई पराजित गरेपछि अर्जेन्टिना शीर्ष चारमा रहने पक्का भएको हो । यससँगै अर्जेन्टिनाले ५ खेल अगावै विश्वकपमा स्थान पक्का गर्यो ।
अर्जेन्टिनाको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले गोल गर्ने मौका पाए पनि सदुपयोग गर्न सकेनन् ।
बराबरीपछि यसअघि नै विश्वकपमा छनोट भइसकेको ब्राजिल १३ खेलमा ३५ अंक जोडेर शीर्ष स्थानमा छ । अर्जेन्टिना १३ खेलमा २९ अंक जोडेर समूहको दोस्रो स्थानमा छ ।
चिलीलाई २-० ले पराजित गरेको इक्वेडर १४ खेलबाट २३ अंक जोडर तेस्रो स्थानमा छ र विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।
कोलम्बिया र पेरु समान १७ अंक जोडेर चौथौ र पाँचौं स्थानमा छन् । १६ अंक जोडेका चिली र उरुग्वे छैटौं र सातौं स्थानमा छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित