
२ मंसिर, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतमले केही दिनअघि मात्र चलचित्र ‘घुइँचो’ साइन गरिन् । पहिलो चलचित्र ‘अनुराग’ व्यावसायिक रुपमा असफल भएपछि एलिजा लामो समयसम्म मौन थिइन् । यसबीचमा उनले म्युजिक भिडियोमा अभिनय गरिन् ।
एलिजा चलचित्रमा अभिनय गर्नका लागि राम्रो कथा खोजिरहेको बताउने गर्थिन् । ‘घुइँचो’को कथा आफूले खोजेजस्तै पाएपछि काम गर्न लागेको उनको भनाइ छ ।
व्यावसायिक र निजी जीवनलाई आफूले सन्तुलित रुपमा अगाडि बढाइरहेको एलिजा बताउँछिन् । ‘के गर्नु परिवारलाई पनि समय दिनुपर्यो नि । मैले व्यावसायिक र निजी जीवनलाई सन्तुलित तरिकाले अगाडि बढाइरहेकी छु,’ एलिजा भन्छिन् ।
एलिजा आफूलाई करिअर अगाडि बढाउन पत्रकार समेत रहेका पति ऋषि धमलाले पनि साथ दिएको बताउँछिन् ।
अनलाइनखबरसँग तस्वीर खिचाउने क्रममा एलिजाले दर्शकको माया पाएर नै आफूले निरन्तर काम गरिरहेको दाबी गरिन् ।
तस्वीर : शंकर गिरी
प्रतिक्रिया 4