+
+

मानव अधिकार आयोगले भन्यो : कानुन व्यवसायीमाथि बल प्रयोग नगर

मानव अधिकार आयोगले कानून व्यवसायीहरूबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अनावश्यक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून विपरीतको कार्य भएको बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १६:५३

२ मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतमा आन्दोलनरत कानुन व्यवसायीमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ ।

कानून व्यवसायीहरूबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अनावश्यक बल प्रयोग गरी घाइते बनाइनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून विपरीतको कार्य भएकाले भन्दै आयोगले अनावश्यक बल प्रयोग नगर्न आग्रह गरेको हो ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति जारी गरी घाइतेहरुको निशुल्क उपचार गर्न तथा घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् ।

बिहीबार दिउँसो सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई अदालत प्रवेशमा रोक लगाउन मूल गेटमा धर्नामा बसेका कानुन व्यवसायीमाथि प्रहरीले लाठी प्रहार गर्दा बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितका कानुन व्यवसायी घाइते भएका छन् ।

आयोगले मानव अधिकारको दृष्टिकोणबाट उक्त आन्दोलनको निरन्तर अनुगमन गरिरहेको बताएको छ । आयोगका मानव अधिकार अधिकृतहरुको टोलीले बिहीबार सर्वोच्च अदालत पुगी घटनाको स्थलगत अनुगमन गर्नुका साथै अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा पुगी घाइतेको स्वास्थ्य अवस्था सम्बन्धमा जानकारी लिएको छ ।

प्रहरीको लाठी प्रहारबाट नेपाल बार एशोसिएसनका केन्द्रीय सदस्य प्रकाश महर्जनको देब्रे काँध, कोखा र छाती र खुट्टामा चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?