+
+

सप्तरीमा बस र माइक्रोबस ठोक्किँदा २ जनाको मृत्यु, ६ घाइते

सप्तरीमा बसले माइक्रोबसलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १९:४७

२ मंसिर, जनकपुरधाम । सप्तरीमा बसले माइक्रोबसलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

कञ्चनरुप नगरपालिका–८ बेरियरस्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ४६९२ नम्बरको बसले विपरीत दिशाबाट आएको बा ४ ख ५०७९ नम्बरको माइक्रोबसलाई ठक्कर दिएको हो ।

उक्त दुर्घटनामा काठमाडौं महानगरपालिकाका ४० वर्षका गृषमान सिंहको घटनास्थलमै र विराटनगर महानगरपालिका–३ का ४१ वर्षका चुडाबहादुर बस्नेतको उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्ले जानकारी दिए ।

दुर्घटनामा ६ जना घाइते भएकाा छन् । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते काठमाडौं क्षेत्रपाटीका पुरुषको विराटनगरमा र अरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?