
गायिका तथा ‘द भ्वाइस किड्स’की कोच प्रविशा अधिकारीले बिहीबार इन्गेजमेन्ट गरेकी छन् । उनले आफ्ना प्रेमी निर्माण सिटौलासँग टिकाटालो गरेकी हुन् । प्रविशा र निर्माणको टिकाटालो उनीहरुको गृहजिल्ला झापामा भएको हो । निर्माण झापा चारपानेका हुन् । तर, उनी लामो समयदेखि अमेरिकामा रहँदै आएका छन् ।
प्रविशा र निर्माणको विवाह मंसिर ५ गते हुँदैछ । यसका लागि प्रविशा केही दिन अगाडि मात्र झापा पुगेकी छन् ।
प्रविशाका लागि निर्माणसँगको बिहेको कुराकानी उनको परिवारले नै अगाडि बढाएको हो । तर, विवाहको कुरा अगाडि बढेपछि प्रविशा र निर्माणको कुराकानी शुरु भएको थियो । कुराकानीका क्रममा उनीहरुले एकअर्कालाई मन पराएका हुन् ।
निर्माण विवाहका लागि केही समयअघि मात्र नेपाल आएका हुन् ।
प्रविशा ‘द भ्वाइस किड्स’को कोच बनेपछि चर्चामा छन् । उनले गाएका थुप्रै गीतले पनि दर्शकको मन जितिसकेका छन् ।
प्रतिक्रिया 4