
३ मंसिर, काठमाडौं । काठमाडौंको माइतीघरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सिंहदरबारबाट बबरमहलतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२, ०२४ प ६७७१ नम्बरको मोटरसाइकल आज बिहान साढे २ बजे दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार काभ्रेपलाञ्चोक घर भएका २१ वर्षीय रोमन मल्लिकारको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका मल्लिकारको उपचारका क्रममा अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त मोटरसाइकल आफैं अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकलसहित चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4