
३ मंसिर, काठमाडौं । नायक पल शाहले नयाँ चलचित्र साइन गरेका छन् । उनले करण सिंहको निर्माणमा बन्न लागेको नयाँ चलचित्रका लागि बिहीबार लिखित सम्झौता गरेका हुन् ।
आरकेएस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई प्रेमकथामा बनाइनेछ । चलचित्रमा करणकै कथा छ भने पटकथा अभिमन्यू निरवीले लेखेका छन् ।
करणले चलचित्रका लागि नायिका र अन्य कलाकार तथा प्राविधिक टिमको छनोट कार्य पनि अगाडि बढिरहेको बताए । चलचित्रको छायांकन माघको अन्तिम साताबाट शुरु हुनेछ ।
चलचित्रको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन । पलले यसअघि चलचित्र ‘सत्यम्’ र ‘हुतुतु’ पनि साइन गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4