+
+

आईएमई डबलको डबलको डबल अफरका बम्पर विजेता घोषित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते १३:५३

काठमाडौं । आईएमईले २०७८ का ठूला चाडपर्र्वलाई लक्षित गरी ल्याएको आईएमई डबलको डबलको डबल अफरका बम्पर विजेता सार्वजनिक गरेको छ ।

प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आईएमई सेवाग्राही जीवेश दाहाल बम्पर विजेता छनोट भएका छन् । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारित स्टार्ट बटन क्लिक गरी बम्पर विजेता छनोट गरेका हुन् ।

दोलखाको वैतेश्वर गाउँपालिका–३ मैनापोखरी निवासी दाहालले संयुक्त अरब इमिरेट्सबाट आईएमईमार्फत एक लाख ५६ हजार ५५८ रुपैयाँ घर पठाएका थिए । बम्पर पुरस्कारमा उनले पठाएको रकमको ८ गुणा बढी प्राप्त गरेका छन् । बम्पर पुरस्कार विजेता दाहालले प्राप्त रकम बाख्रा पालन विस्तारमा उपयोग गर्ने बताएका छन् । उनको घरपरिवारले दोलखामा बाख्रा पालन गरिरहेका छन् ।

कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष ढकालले विगत २० वर्षदेखि आईएमईले विदेशमा नेपालीले आर्जन गरेको रकम सहज रुपमा घर पठाउने व्यवस्था गर्दै आएको बताए । उनले भने, ‘आईएमईले व्यावसायिक नाफाभन्दा पनि संस्थागत सामाजिक उत्तरदायित्व निर्वाहलाई विशेष ध्यान दिएको छ । विप्रेषण दैनिक उपभोगमा अधिक खर्च भएको छ त्यसलाई कम गर्दै प्रतिफल दिने दीर्घकालीन परियोजनामा लगानी गर्न आवश्यक छ ।’

आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीसँगको सम्बन्ध अझ सुमधुर बनाउन र व्यवसाय प्रवद्र्धन गर्न प्रस्तुत कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे ।

गत असोज गते १ देखि कात्तिक २६ गतेसम्म ५७ दिनका लागि कायम रहेको उक्त सेवाग्राहीमूखी अफरअन्तर्गत आठ हप्तामा साप्ताहिक २ जनाका दरले १६ जना, दुई महिनामा मासिक २ जनाका दरले ४ जना र बम्पर लक्की ड्र मार्फत १ जना भाग्यशाली विजेता गरी जम्मा २१ जना लाभान्वित भएको आईएमईले जनाएको छ । यसका साथै आईएमई पे मार्फत रेमिटेन्सको भुक्तानी लिँदा रू. २ सय तत्काल बोनसको व्यवस्थाअन्तर्गत हजारौँ सेवाग्राहीहरू यसबाट लाभान्वित भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?