+
+

प्रदेश २ सरकारमा एकीकृत समाजवादी सहभागी हुने पक्का, शत्रुद्यन र प्रमोद मन्त्री बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते १५:५५

३ मंसिर, जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश २ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याएको छ ।

पार्टीका संसदीय दलका नेता शत्रुद्यन महतो र सांसद प्रमोद यादवलाई सरकारमा सहभागी गराइने पार्टीका प्रदेश इन्चार्ज धर्मनाथ साहले जानकारी दिए ।

प्रदेश सरकारको नेतृत्व गर्ने जनता समाजवादी पार्टी (जसपा) ले एकीकृत समाजवादीलाई सरकारमा ल्याउन केही दिनअघि आफ्नै पार्टीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई पदमुक्त गरेका थिए ।

एकीकृत समाजवादीलाई यो मन्त्रालायसहित कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय दिने तयारी छ ।

तत्कालिन राजपाबाट सरकारमा सहभागी भएका मन्त्रीलाई हटाएपछि जसपाले प्रदेशका ६ मन्त्रालय टुक्रयाएर १० मन्त्रालय बनाएको थियो । जसमध्ये कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय र बाणिज्य आपूर्ती तथा विज्ञान प्रविधि मन्त्रालय मुख्यमन्त्री लालबाबु राउतले आफ्नै जिम्मामा राखेका थिए ।

यो मन्त्रालय एकीकृत समाजवादीलाई दिने भनिएपनि नेकपा एसका नेताहरुले लिन मानेका थिएनन् । यी दुवै मन्त्रालयमा बजेट नरहेकाले अर्काे मन्त्रालय दिन यो पार्टीले भन्दै आएको थियो ।

एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउनकै लागि जसपाले आफ्नै मन्त्रीलाई पदमुक्त गरेको हो । पछिल्लो पटक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानून न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय लिएर सरकारमा सहभागी हुन तयार भएको छ ।

पार्टीका प्रदेश इन्चार्ज साहका अनुसार दुवै मन्त्रीको शपथ ग्रहण आइतबार दिउँसो २ बजेका लागि राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?