
३ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७८ शुक्रबारदेखि सुरु भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४: ४५ बजेबाट ए डिभिजन लिग सुरु भएको हो ।
उद्घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीचको खेल सुरु भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक ए डिभिजन लिगको खेल फ्लड लाइटमा खेलाएको जनाएको छ।
नेपाली फुटबलको शीर्ष श्रेणीको लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
लिगको विजेताले नगद ७५ लाख पाउनेछन् भने उपविजेताले ५० लाख र तेस्रोले २५ लाख प्राप्त गर्नेछ ।
लिग सुरु हुनुअघि बिहीबार प्रि–लिग कन्फ्रेन्स आयोजना भएको थियो । जसमा १३ क्लबका प्रशिक्षक र कप्तानले तयारीबारे बोलेका थिए । हिमालयन शेर्पा क्लब भने प्राविधिक कारणले उपस्थित नभएको एन्फाले जनाएको छ ।
साविक विजेता मछिन्द्र फुटबल क्लबसँगै साविक उपविजेता त्रिभुवन आर्मी उपाधिको मुख्य दाबेदारको रुपमा देखिएका छन् । मछिन्द्रले उपाधि रक्षा गर्ने टार्गेट राख्दा आर्मीले पहिलो उपाधिकै खोजीमा छ ।
यस्तै सर्वाधिक ८ पटकको च्याम्पियन मनाङले पनि अर्को उपाधि जित्ने लक्ष्य राखेको छ । अर्को प्रतिष्ठित क्लब थ्री स्टारले पनि उपाधिकै लागि प्रतिस्पर्धा गर्ने जनाएको छ । नेपाल पुलिस क्लब र संकटा क्लब र एनआरटीले पनि राम्रो स्थानमा लिग सकाउने लक्ष्य राखेको जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4