+
+

आर्सनलको पोष्टमा लिभरपुलको ४ गोल, युनाइटेडको लज्जास्पद हार

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते ९:१५

५ मंसिर, काठमाडौं । प्रिमियर लिगमा शनिबार राति लिभरपुलले आर्सनललाई ४-० ले पराजित गरेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि चार फरक खेलाडीले गोल गरे ।

साडियो मानेले ३९औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा तीन गोल थप्यो । डिएगो जोटाले ५२औं, मोहम्मद सालाहले ७३औं र ताकुमी मिनामिनोले ७७औं मिनेटमा गोल गरेपछि लिभरपुलले सहज जित हात पारेको हो ।

ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले दुई तथा मानेले एक गोलका लागि असिस्ट गरे ।

जितपछि १२ खेलबाट २५ अंक जोड्दै लिभरपुल दोस्रो स्थानमा उक्लेको छ । समान खेलबाट २९ अंकसहित चेल्सी शीर्ष स्थानमा छ ।

यस हारपछि आर्सनलको सबैखाले प्रतियोगितामा गरेर १० खेलको अपराजित यात्रा समेत समाप्त भएको छ । १२ खेलबाट २० अंकसहित आर्सनल पाँचौ स्थानमै यथावत छ ।

अर्को खेलमा म्यानचेष्टर युनाइटेड वाटफोर्डसँग ४-१ ले पराजित भएको छ ।

वाटफोर्डका लागि जोसुअ किंग, इस्माइल सार, निकोलस एनकोलोउ र एमानुएल डेनिसले एक एक गोल गरे । युनाइटेडका लागि डोनी भान विकले एक गोल फर्काए । युनाइटेडका कप्तान ह्यारी मगुएरे ७ मिनेट अन्तरमा दुई पहेँलो कार्डसहित ६९औं मिनेटमा रातो कार्ड पाएर मैदान बाहिरिएका थिए ।

जितपछि वाटफोर्ड १२ खेलबाट १३ अंक जोडेर १६औं स्थानमा उक्लेको छ । युनाइटेड १७ अंकसहित सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?