+
+

मनाङका प्रशिक्षक भन्छन् : जित्छौँ भन्ने थाहा हुँदा पनि गाह्रो भयो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते २१:०३

५ मंसिर, काठमाडौं । ८ पटकको लिग विजेता मनाङ मर्स्याङ्दी क्लबले आइतबार जावलाखेल युथ क्लब विरुद्ध १-० को कठिन जितबाट शहीद स्मारक ए डिभिजन लिग २०७८ को यात्रा सुरु गरेको छ ।

क्लबका पूर्वखेलाडी राजेन्द्र तामाङ प्रशिक्षकको भूमिकामा फर्केको पहिलो खेलमा मनाङले ३ अंक जोड्न संघर्ष नै गर्नुपर्‍यो । लिगअघि प्रशिक्षक तामाङले मनाङले नवौं पटक उपाधि जित्ने लक्ष्य राखेको बताएका थिए ।

तर पहिलो खेलमै राष्ट्रिय टिममा ४ खेलाडीसहित विदेशी खेलाडीहरु ओलवाले आफिज र एडेलाजा सोमिडे जस्ता खेलाडी रहेको मनाङका लागि डिफेण्डर गोल गर्नुपर्‍यो । मनाङका लागि एकमात्र गोल ५७ औं मिनेटमा डिफेण्डर दिनेश राजवंशीले गरे ।

राष्ट्रिय टिममा पछिल्लो पटक गोल गर्दै आएका अन्जन विष्ट र घरेलु फुटबलमा जमेका ओलवाले जस्ता खेलाडी हुँदा पनि मनाङको अग्रपंक्तिले गोल गर्न सकेन ।

प्रशिक्षक तामाङले पनि अट्याकिङ थर्डमा राम्रो गर्न नसकेको स्वीकारे । ‘जित्छौँ भन्ने निश्चितजस्तै थियो । तर जावलाखेलले पनि राम्रो खेल्यो ।…जित्छौँ भन्ने थाहा हुँदा पनि गाह्रो भयो’ उनले भने ।

उनले टिममा अनुभवी खेलाडी धेरै रहेकाले आफूलाई सहज भएको पनि बताए । ‘समग्रमा भन्दा प्रशिक्षकको हिसाबमा मलाई प्रेसर थिएन । मनाङ आफै ठूलो क्लब हो । ठूला खेलाडी समेत हुँदा खासै योजना बनाउन पर्दैन । अन्तर्राष्ट्रिय स्तरमा खेलिसकेका अनुभवी खेलाडीहरु छन्’ प्रशिक्षक तामाङले भने ।

फिनिसिङमा कमजोर भयौं :  प्रशिक्षक केसी

पहिलो खेलमा मनाङलाई टक्कर दिएको जावलाखेलले अंक जोड्न भने सकेन । प्रशिक्षक किशोर केसीले आफ्नो टिमले राम्रो खेलेको तर अवसरको सदुपयोग गर्न नसकेको बताए ।

‘दुवै टिम ट्याक्टिकल, टेक्निकल र फिजिकल सबैमा राम्रो थियो । बराबर जस्तै थियो । राम्रो अवसर पनि बनाएका थियौँ । पहिलो हाफमा ड्र कै पोजिसन थियो । तर दोस्रो हाफमा गोलकिपरको मिस्टेकले गोल खायौँ’ केसीले पोष्टम्याच कन्फ्रेन्समा भने ।

त्यसपछि ३-४ वटा अवसर पाउँदा पनि सदुपयोग गर्न नसकेको उनले बताए । ‘मनाङलाई भन्दा राम्रो अवसर थियो । फिनिसिङमा कमजोर भयौं’ उनले भने ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?