
काठमाडौं । सेल्सबेरीले यमाहासँगको सहकार्यमा दशैं-तिहारको अवसरमा सञ्चालन गरेको एक महिने अफर आयोजनाको विजेता लक्की ड्रमार्फत घोषणा गरेको छ ।
सातदोबाटोस्थित सेल्सबेरीको प्रधान कार्यालयमा एक समारोहका बीच उक्त अफर योजनाको बिजेता घोषणा गरिएको कम्पनीले जनाएको छ । यो अफर योजनाको भाग्यशाली विजेता प्रजेश लाल श्रेष्ठ बन्न सफल भएका छन् । कम्पनीका अनुसार टीभी, फ्रिज, वाशिङ्ग मेशिन वा ओभन खरिद गरेका ग्राहकमध्ये एकजनालाई विजेता घोषणा गरिएको हो । विजेताले यमाहा फेसिनो १२५ सीसी जित्न सफल भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सो अफर सेल्सबेरी डिपार्टमेन्ट स्टोर र सेलवेज पोखरामा सञ्चालन गरिएको थियो । अभियानको विजेता घोषणा कार्यक्रममा सेल्सबेरीका सीओओ रमेश कार्की, पोखराका प्रबन्धक दयाल गिरी, यमाहाकी मार्केटिङ म्यानेजर विवेचना श्रेष्ठ, ब्रान्ड अफिसर भारती आचार्य लगायतको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4