+
+

मछिन्द्रको जितमा सुनील बलको दुई गोल

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १९:३०

६ मंसिर, काठमाडौं । सुनील बलको दुई गोलको मद्दतमा साविक विजेता मछिन्द्र फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा सोमबार भएको खेलमा मछिन्द्रले एनआरटीलाई २-१ ले पराजित गर्दै ३ अंक जोड्यो ।

मछिन्द्रका लागि सुनीलले १२ औं र ८० औं मिनेटमा गोल गरे । एनआरटीका लागि एरिक विष्टले दोस्रो हाफमा फ्रिकिकमा गोल गरे ।

खेलको १२ औं मिनेटमा सुनीलले विशाल राईको पासमा पेनाल्टी बक्स भित्रबाट सेकेण्ड बारमा गोल गरेका थिए । लगत्तै विशाल राईले एनआरटीका गोलकिपर अजित प्रजापति अघि बढेको बेला वान भर्सेस वानमा गोल गर्न चुक्दा मछिन्द्रले अग्रता दोब्बर पार्ने मौका गुमायो ।

५३ औं मिनेटमा एनआरटीका एरिक विष्टले करिब ३० यार्डबाट फ्रिकिकमा उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे । ६२ औं मिनेटमा मछिन्द्रका सुनील बलले गरेको गोल अफसाइड हुँदा मछिन्द्रले अग्रता लिन पाएन ।

७४ औं मिनेटमा मछिन्द्रका मनिष डाँगीको प्रहार एनआरटीका गोलकिपर अजित प्रजापतिले बचाए । तर ८० औं मिनेटमा सुनीलले कप्तान सुजल श्रेष्ठको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि मछिन्द्रले २-१ को अग्रता बनायो ।

मछिन्द्रका मनिष डाँगी र विमल घर्ती मगरले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेर खेलेका थिए ।

यो खेलसंगै लिगमा पहिलो चरणको खेल सकिएको छ । अब तीन दिनको विश्रामपछि आगामी शुक्रबार देखि दोस्रो चरणका खेलहरु सुरु हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?