+
+

पेड्रीले जिते गोल्डेन ब्वाई अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते ११:४४

७ मंसिर, काठमाडौं । स्पानिस क्लब बार्सिलोना युवा खेलाडी पेड्रीले ‘गोल्डेन ब्वाई’ अवार्ड जितेका छन् । टुटस्पोर्ट्सले युरोपका २१ वर्षमुनिका उत्कृष्ट खेलाडीलाई गोल्डेन ब्वाई अवार्ड प्रदान गर्दै आएको छ ।

अवार्ड जित्ने क्रममा १८ वर्षीय मिडफिल्डर पेड्रीले बोरुसिया डर्टमण्ड तथा इंग्ल्याण्डका जुड बेलिङघमलाई पछि पारे । यस अवार्डका लागि ४० पत्रकारले भोटिङ गरेका थिए र २६ जनाले पेड्रीलाई पहिलो स्थानमा राखेका थिए ।

अवार्ड जितेपछि पेड्रीले टुटस्पोर्ट्सलाई धन्यवाद दिँदै यसले आफूलाई गौरवान्वित बनाएको भिडियो सन्देश मार्फत बताएका छन् । यस्तै उनले बार्सिलोना, स्पानिस राष्ट्रिय टिम, आफ्नो परिवार र साथीहरुलाई पनि धन्यवाद दिँदै उनीहरुविना गोल्डेन ब्वाई अवार्ड जित्न नसकिने बताए ।

पेड्रीले आगामी डिसेम्बर १३ मा टुरिनमा आयोजना हुने समारोहमा पुरस्कार लिनेछन् । गत वर्ष नर्वेका एर्लिन हालान्डले यो अवार्ड जितेका थिए ।

क्यानरी आइल्याण्डका पेड्रीले गत सिजन बार्सिलोनाका लागि सबैखाले प्रतियोगिता गरेर ५३ खेल खेलेका थिए । यस्तै उनले स्पेनबाट युरोकप र टोकियो ओलम्पिक पनि खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?