+
+

कांग्रेस महाधिवेशन प्रतिनिधिः देउवाले पाए सर्वाधिक मत, आरजु सर्वसम्मत

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते ११:५९

७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि निर्वाचत भएका छन् । सोमबार भएको जिल्ला अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

उनले ७९१ मत पाएको निर्वाचन समितिले जनाएको छ । महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा ८४६ मत खसेकोमा देउवाले सर्वाधिक ७९१ मत पाएका हुन् ।

कांग्रेस विधानमा केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ तर देउवा भने प्रत्येक महाधिवेशनमा जिल्लाबाट प्रतिनिधि निर्वाचित हुँदै आएका हुन् ।

खुला १० महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा देउवासहित गोविन्दराज बोहरा, नैनसिंह महर, रघुबर भट्ट, तारक बहादुर बुढाऐर, नबलबहादुर मल्ल, जनकराज कलौनी, जगत बहादुर ऐर, नरभान कामी र सुरेश राज जोशी निर्वाचित भएका हुन् ।

त्यस्तै महाधिवेशन प्रतिनिधि खुला (महिला)तर्फ कांग्रेस नेतृ डा. आरजु राणा देउवासहित चार जना निर्विरोध भएका छन् । निर्विरोध हुनेमा आरजुसहित सरस्वती खड्का, कौशिला भट्ट र कलावती देवी बोहरा रहेका छन् ।

पुरुष खसआर्यतर्फ चार जनामा जनकराज चटौत, डम्बरराज जोशी, मिनबहादुर चन्द र सम्पन्न राज भट्ट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । खसआर्य महिलामा कुमारी राजु भट्ट जोशी, पार्वती देवी झुकाल र मानकुमारी थापा निर्वाचित भएका छन् ।

दलित (महिला) मा हरिनादेवी कामी, दलित (पुरुष) तर्फ सन्तोष जैरु, जनजातितर्फ बलबहादुर गुरुङ र अपांगबाट जयप्रकाश भट्ट महाधिवेशन प्रतिनिधि निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?