
७ मंसिर, काठमाडौ् । समाजसेवी शान्तलाल मुल्मीको आत्मसंस्मरण पुस्तक ‘मभित्रको म’ सार्वजनिक भएको छ ।
७८ वर्षे मुल्मीले जीवनमा भोगेका राजनीतिक, साहित्यिक, मानवअधिकारलगायत अन्तराष्ट्रिय सम्वन्ध लगायतमा मर्मस्पर्शी ढंगले इमान्दारिताका साथ आत्मवृतान्त पस्केका छन् ।
पूर्व प्रधानन्यायधिस कल्याण श्रेष्ठले आफू कसरी स्वराज हुने भन्ने ज्ञान मुल्मीको पुस्तकले दिने बताएका छन् ।
भाषासेवी एवम् मानवअधिकारकर्मी मल्ल के सुन्दरले मुल्मीको आत्मवृतान्त आफ्नै कथा जस्तो लाग्ने र आफनो जीवनसँग पनि मेल खाएको बताउँदै मभित्रको म पुस्तक पढ्दा आफ्नै कथा व्यथा पढेको जस्तै हुने प्रतिक्रिया दिएका छन् ।
‘छत्रलक्ष्मी रुद्रलाल मुल्मी स्मृति प्रतिष्ठान’ले प्रकाशन गरेको पुस्तक लोकार्पणसँगै गोरखाका समाजसेवी धिरज मास्केलाई रुद्रलाल समासेवी सम्मान पदक दिइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4