+
+

पाल्पाका दुवै निर्वाचन क्षेत्रमा रामचन्द्र पौडेल पक्ष विजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पाल्पाको दुवै निर्वाचन क्षेत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष हावी भएको छ ।

टोपराज शर्मा टोपराज शर्मा
२०७८ मंसिर ७ गते १४:२८

७ मंसिर, बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पाल्पाको दुवै निर्वाचन क्षेत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष हावी भएको छ । क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा पौडेल समूहका झमान राज मगर र क्षेत्र नम्बर २ मा मुक्तिराम जिसी निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर १ मा विजयी मगरले ३४८ मत ल्याएर विजयी हुँदा देउवा समूहका विष्णु बमरेलले ११२ मत पाए ।

क्षेत्र नम्बर २ को सभापतिमा विजयी मुक्तिराम जिसीले ४६० मत ल्याए भने पराजित संस्थापन पक्षका उम्मेदवार यादव सिंह कार्कीले २१४ मत पाए । क्षेत्र नम्बर २ का अरु पदाधिकारीहरु भने निर्विरोध भएका छन् ।

पाल्पाका चार प्रदेश सभा क्षेत्रमध्ये तीन क्षेत्रीय सभापतिमा पौडल समूह विजयी भएको छ । दुबै पक्षले सबै क्षेत्रमा प्यानल बनाएरै निर्वाचनमा सहभागी भएका थिए ।

क्षेत्र नं. १ (क) को सभापतिमा रामबहादुर राना र १ (ख) मा युवराज पौडेल तथा क्षेत्र नम्बर २ (क) मा लक्ष्मी अधिकारी र क्षेत्र नम्बर २ (ख) मा रुक्मांगत भट्टराई निर्वाचित भएका । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पनि पौडेल समूहका धेरै प्रतिनिधि निर्वाचित भएका सो पक्षका नेता झपेन्द्र गैरेले दावी गरे ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?