
७ मंसिर, काठमाडौं । चर्चित गायक जस्टिन बिबरले आफ्नी पत्नीको जन्मदिनका अवसरमा पोष्ट गरेको एक सन्देशको अहिले चर्चा भइरहेको छ । सोमबार परेको पत्नी हेली बीबरको २५ औं जन्मदिनको अवसरमा जस्टिनले आफ्नो इन्स्टाग्राममा एक पोष्ट गर्दै शुभकामना सन्देश दिएका छन् ।
मायाले भरिएको उनको सन्देश प्रेमपत्रको झल्को दिने खालको छ । जन्मदिनको अवसरमा जस्टिनले इन्स्टाग्राममा आफू र पत्नीका केही तस्वीर पोष्ट गरेका छन् । तस्वीरमुनि काव्यिक र रोमान्टिक शैलीको क्याप्सन समेत राखेका छन् ।
जस्टिनले लेखेका छन्, ‘मेरो दिल तिम्रै हो । मेरा आँखा तिम्रै हुन् । मेरो ओठ तिम्रै हो । म पनि तिम्रै हो । तिम्रो हुन पाउँदा निकै भाग्यमानी ठानेको छु । तिमी सधैं मेरै हौ ।’
त्यस्तै, हेलीसँग विवाह भएपछि आफ्नो जीवन थप अर्थपूर्ण बनेको पनि जस्टिनले बताएका छन् । ‘तिमी जीवनसंगिनी भएपछि जीवन थप अर्थपूर्ण बनेको छ,’ उनले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘मैले तिमीलाई सधैं माया गर्नेछु, सधैं साथ दिनेछु र सधैं सुरक्षा गर्नेछु ।’
सन् २०१८ मा जस्टिन र हेली वैवाहिक जीवनमा बाँधिएका थिए । हेली मोडेल हुन् ।
प्रतिक्रिया 4