+
+

कञ्चनपुरमा जिल्ला सभापति नै महाधिवेशन प्रतिनिधिमा पराजित

जनक विष्ट जनक विष्ट
२०७८ मंसिर ७ गते १६:५१
नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरि बोहरा ।

७ मंसिर, धनगढी । नेपाली का‌ंग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा बोहरा पराजित भएका निर्वाचन समितिले जनाएको छ ।

उनी पूर्व मन्त्री रमेश लेखक निकट मानिन्छन् । महाधिवेशन प्रतिनिधिमा पराजय व्यहोरेसँगै जिल्ला सभापतिमा पुनः दोहोरिने बोहराको आकांक्षामा धक्का लागेको छ । विधानअनुसार अब उनी जिल्ला सभापतिमा उम्मेदवारी दिन पाउने छैनन् । महधिवेशन प्रतिनिधिमा बोहरा हारेपनि एनपी साउद निकट मानिने बहादुरसिंह थापा भने विजयी भएका छन् ।

यस्तै जिल्ला उपसभापति र सचिवले पनि महाधिवेशन प्रतिनिधिमा पराजय व्यहोरेका छन् । प्रचारप्रसार विभागका प्रमुख चक्रबहादुर महताकाअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उपसभापति बन्धु राना र क्षेत्र नम्बर ३ बाट सचिव ईश्वरी जोशी पराजित भएका हुन् । जोशी नेता रमेश लेखकका प्रमुख स्वकीय सचिव पनि हुन् ।

तीनवटै निर्वाचन क्षेत्रमा महाधिवेशन सम्पन्न

नेपाली कांग्रेसले कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा महाधिवेशन सम्पन्न गरेको छ । मत परिणामअनुसार निर्वाचन क्षेत्र नम्बर १ र २ मा एनपी साउँद र क्षेत्र नम्बर ३ मा रमेश लेखक निकटका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।

कांग्रेस कञ्चनपुरको प्रचारप्रसार विभागका प्रमुख चक्रबहादुर महताका अनुसार क्षेत्र नम्बर १ मा हरि चन्दलाई पराजित गर्दै गोपी उपाध्याय सभापतिमा निर्वाचित भएका छन् । क्षेत्र नम्बर २ मा नवराज जोशीलाई पराजित गरेर लालबहादुर सिंह सभाभापति निर्वाचित भएका छन् । उनीहरु दुबै एनपी साउद निकट हुन् ।

निर्वाचन क्षेत्र नम्बर ३ मा गणेश नेगीलाई पराजित गरेर केशब चन्द प्यानलसहित सभापतिमा निर्वाचित भएका छन् । उनी नेता लेखक निकट हुन् । केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेका नेता लेखक र साउदबीच जिल्लामा भने महाधिवेशनमा कडा प्रतिस्पर्धा भएको थियो ।

क्षेत्र नम्बर १ मा भने नेता दिवानसिंह विष्टले साउदलाई साथ दिएका थिए ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?